Blog

पोखरा आउनु मेरो पुर्ब योजना थिएन । यो अचानक भएको कुरा पनि हो । SEE सकेपछि मैले अब के गर्नुपर्छ भन्ने ठोस योजनाहरु पनि थिएन । यसो भनौ त्यस्तो योजना नै बनाउन सक्ने दिमाग थिएन । मात्र सकियो SEE र बसोबास स¥यो पोखरामा ।

पोखरामा दाईहरु हुनुभएको ले मलाई खाँसै व्यवहारमा गाह्रो पक्षहरुले समात्न सकेन । मलाई हरेक कुरामा सहज नै महशुष गरे । पोखरा आइसकेपछि केहि न केहि गर्नु नै पर्ने थियो । म स्कुल पढ्दा खेरी नै एक पटक मामाहरुसंग ट्रेकिङ गई, भारी बोकेर केहि हजार पैसाहरु कमाएको अनुभव थियो । भनौ पैसा पनि थियो ।अनि मनमा केहि हदसम्म म ट्रेकिङ क्षेत्रमै लाग्छु भन्ने सोच बनाएको थिए । मैले दाईहरुलाई पनि त्यहि कुरा सुझाए ।

दाईहरुले ट्रेकिङ क्षेत्रमा लागेर करियर निर्माण के कसरी गर्ने ? कुनै त्यस्तो सोचहरु छ ? भनेर प्रतिप्रश्न गरे । किनभने ट्रेकिङ पेशा भनेको सिजन अनुसार मात्र हुन्छ । त्यो भन्दा नि अर्को कुरा काम पाउनु पनि मुस्किल नै छ । त्यहि संगै फेरी पढाईलाई कसरी निरन्तरता दिन सकिन्छ ? यी कुराहरु मलाई दाईहरुबाट फेरी सुझाएपछि अब त्यसो के गर्ने त ? भनेर उहाँहरुलाई सोधे ।

सानै भए पनि, थोरै नै आम्दानी नै भए पनि कुनै सीपमुलक क्षेत्रमा लागेर काम सिक्नु र गर्नु भन्ने कुरा गर्नुभयो र म पहिलो पटक हिमालयन जाभा कफि सपमा वेटरको रुपमा काम गर्न सुरु गरे । पहिलो काम, पहिलो जागिर सिक्नु र त्यस क्षेत्रसंग घुलमिल हुनु अति नै गाह्रो नभएको हुदै होइन । तर मैले ति कुराहरुलाई आफ्नो तर्फबाट ध्यान पुर्बक काम गर्ने प्रयत्न गरे ।

मेरो पहिलो तलब 4,500 थियो र त्यति तलब पाउदा खुशी नै रहनु पर्ने अवस्था थियो। । लगतै कामसंग को लगाब देखेर मेरो सिनियरहरु, अनि धेरै सम्बन्धित ब्यक्तिहरुले प्रशंशा संगै उत्साह पनि दिनुभयो । जुन मेरो लागि अमुल्य छ ।
लगातार काम गरिरहे । दाई बाबु एड्भेन्चर्स स्कुल को मार्केटिङ मेनेजरको रुपमा काम गरिराख्नुभएको थियो । उहाँ त्यो संगै अनलाइनमा खालि ब्यस्त र केहि न केहि गरिराख्नुहुन्थ्यो । म बुझ्दिन थिए । के गर्नुभएको । पछि त फुल टाइम काम छोडेर उहाँ त फुल टाइम नै गर्न लाग्नुभयो ।
तर अनलाइनमा रहेर काम गरेर आम्दानी गर्नुभएको देखेर छक्क पर्थे । त्यो भन्दा नि बेसी म निकै अचम्मित हुन्थे । कसरी सम्भव छ ?
मेरो कामको लगावहरु दाईले पनि कहिले कसो क्याफेमा आएर नियाल्नुभएको थियो । दाई त्यो कुराहरुबाट पनि खुशी हुनुभएको रहेछ । र भन्नुभयो “पार्ट टाइम अनलाइन बिजनेश गर्ने हो ?”

“मैले सकुला त दाई ?”
दाईले भन्नुभयो “कफिसपको जस्तै मेहनत, लगाब र निरन्तरता भयो भने सम्भव छ ।”
निसंकोच भने “हुन्छ दाई म तयार छु ।”
मसंग केहि बचत मेरो पैसाहरु थियो । त्यसबाट मैले रु.35,000 कोर्ष फि दाईलाई बुझाएर तालिममा सहभागी भए । सम्पुर्ण तालिमहरु अनलाइन नै हुन्थ्यो । दाईले बिना छुट मलाई उक्त फि तिर्न भनेका भएर मैले तिरे । अहिले पनि संझन्छु त्यो बेलाको कुरा “भाई पैसा चाहि तिमीले तिर्नुपर्छ । किनभने आफ्नो लगानी परेपछि ध्यान दिएर काममा लाग्न सक्छौ । यदि मैले फ्रि गरे भने तिम्रो ध्यान कम हुन्छ ।”


दाईको कुरा प्रति म पोजिटिभ थिए । कफिसपको दिनभरी काम हुदै बेलुकि ११ बजेमात्र छुटि हुने । म ११ बजे घर गएर अनलाइनमा तालिम भिडियो हेर्ने गर्थे । सुरुवाताको ३ महिना चाहि मलाई निकै गाह्रो भयो । बुझ्न पनि गाह्रो किनभने नयाँ बिषयबस्तु भएको हुनाले मलाई निकै गाह्रो भयो । तर पनि मेहनत गर्न कुनै पनि ठाउँ बाँकि राखिएन । सुताई कुनै बेला रातको ३ बजे हुन्थ्यो ।


नभन्दै सुरुको मेरो पहिलो आम्दानी १०० डलर भयो । खुशीको सीमा रहेन । लगतै मैले २ हप्तापछि अर्को १०० डलरको आम्दानी प्राप्त गरे ।
त्यसको अर्को एक हप्तामा २५० डलर प्राप्त गरे । मैले त्या आम्दानीको स्क्रिनसटहरु मेरो फेसबुक प्रोफाइलमा समेत पोष्ट गरेको छु । तपाई हेर्न सक्नुहुन्छ ।
सुरुवातको ३ महिना मलाई गाह्रो भएको कुराहरु सबै बिर्से । जब मलाई त्यस किसिमको पेमेन्ट आयो ।
र एक दिन ।


दाईले भन्नुभयो “ भाई अब तिमी फुल टाइम वेटर काम छोड” ।
त्यो बाक्य मेरो लागि बढि चुनौतिपुर्ण थियो । मैले भनेको ति माथिको आम्दानीहरु राती ११ बजे आएर २ बजेसम्म गरेको मेहनतको फल थियो । उहाँको भनाई थियो तिमीले कफिसपमा गर्ने मेहनत अब अनलाइनमा लगाउ र आम्दानीको तहलाई बढाउ ।
केहिदिन घोरिए ।
अन्ततः मैले काम छोड्ने निर्णय गरे । त्यतिन्जेल मैले कफिसपबाट मासिक १८ हजार सम्म तलब पाएको थिए । मेरो लागि त्यो तलब आकर्षक तलब नै थियो । तथापी मैले छोडे ।
र लागे अनलाइनको क्षेत्रमा ।


निरन्तर प्रयाश गरियो । मेहनत गरियो । झन् गहन तरिकाले यो क्षेत्रलाई बुझियो । नभन्दै महिनामा वेटरको तलबको लगभग दोब्बर भन्दा धेरै पो आम्दानी गर्न थालियो ।
मेरो समकालिन साथीहरु अझै पनि पत्याउदैनन् । मैले के गर्दैछु । म भन्छु र पनि विश्वास गर्दैनन् ।
यति खेर आएर मैले मासिक १००० डलरभन्दा बढि नै आम्दानी गरिरहेको छु । एउटा फेसबुक चलाएर । एउटा अनलाइन मार्केटिङ क्षेत्रमा लागेर यतिको आम्दानी गर्नु मेरो सोचभन्दा परको कुरा हो ।
प्रविधिको महत्व यहाँ आएर मैले महशुष गरे ।
सोसल मिडियाको महत्व मैले महशुष गरे ।
फेसबुकको वास्तविक शक्ति मैले यहाँ महशुष गरे ।
हामी प्रविधिको सुविधा बढि भएर मातिरहेका छौ । हामी त्यसको ठिक सदुपयोग गर्न जानेका छैनौ । र त्यो दुरुपयोग गरिरहेका छौ ।


यो समयमा मैले केहि साथीहरुलाई मैले जानेको कुराहरु र काम गर्न सघाईरहेको छु । सिकाइरहेको छु । साथमा म आफै पनि सिकिरहेको छु ।
यो काम गर्नलाई कुनै अफिस पनि चाहिदैन । म आजकल त्यहि कफिसपमा पनि गएर काम गर्छु ।
यो मेरो अनुभव पढेर यहाँहरु पनि साच्चै पार्ट टाइम आम्दानी गर्ने सोच, अवसरको खोजि, अथबा यो क्षेत्रको बारेमा साच्चै बुझ्न चाहानुहुन्छ भने मलाई इन्बक्स गर्न सक्नुहुनेछ ।
इच्छुकहरुलाई म सहयोग गर्न तयार छु ।
मेरो यो छोटो अनुभव पढ्नुहुने सबैलाई धन्यवाद । केहि प्रतिक्रिया, जिज्ञासा भए म्यासेज कमेन्ट गर्न सक्नुहुनेछ ।

Submit Now for more info!! : https://forms.gle/pEwRsmHZjTf9myfXA


Leave a Comment

Your email address will not be published.